शिक्षा मन्त्रि गिरिराजमणी पोखरेल रातारात चर्चामा आए
शिक्षाखबर डेस्क
२२ असार २०७३, बुधबार
no immg
जनकपुर, अषाढ १८ गते ।
केपी शर्मा ओली सरकारका शिक्षामन्त्री गिरीराजमणी पोखरेलले संक्रमणकालको यस विशसम प्रस्थितीमा पनि देशका लागी महत्वपूर्ण ५ वटा उदाहरणीय लोकप्रिय राम्रा कामहरु गरेका छन् । माओवादी केन्द्रबाट शिक्षामन्त्री भएका उनले अन्य माओवादी मन्त्रीहरुभन्दा लोकप्रिय र सबैको मन जित्ने काम गरेका हुन् ।शिक्षा मन्त्रि गिरिराजमणी पोखरेल रातारात चर्चामा आए ।
मन्त्री पोखरेलको  पहिलो काम ः
‎ शिक्षा मन्त्री गिरिराजमणी पोखरेल शिक्षा ऐन ल्याएर निकै चर्चा कमाए । यो ऐन विगतमा बनेका सरकारमा सहभागी शिक्षामन्त्रीहरुले ल्याउन सकेका थिएनन् । यो ऐन लागुभएपछि शिक्षा क्षेत्रमा बिगतमा देखिएका बिकृतिहरुको अन्त्य हुने बिश्वास लिइएको छ ।
मन्त्री पोखरेलको दोस्रोे काम ः
 दोस्रो महत्वपूर्ण काम हो , खुला विश्वविद्यालय ऐन ल्याउनु ।यो ऐन लागु भएमा स्वदेश र विदेशमा रहने सबै नेपालीले उच्च शिक्षा अध्ययन गर्न पाउने छन् । यो ऐनले निरन्तर कलेज गईरहनुपर्ने झन्झटको अन्त्य हुनेछ ।
मन्त्री पोखरेलको  तेश्रोे काम ः
आफ्नो‬ सार्वजनिक घोषणा मुताविक शैक्षिक ऋणको कुरा अघि वढाउनु शिक्षा मन्त्री गिरीराजमणी पोखरेलको तेस्रो महत्वपूर्ण र लोकप्रिय कार्यक्रम हो । उनको पहलमा सरकारको नीति तथा कार्यक्रममा शैक्षिक ऋणको कुरा समेटिएको छ । यो नीति अनुसार अब उच्च शिक्षा अध्ययन गरेका बिद्यार्थीहरुले आफ्नौ शैक्षिक प्रमाणपत्र धरौटी राखेर ऋण पाउने छन् ।
मन्त्री पोखरेलको  चौथौं काम ः
शिक्षामन्त्री पोखरेलकै पहलमा भएको अर्को चौथो कार्य हो ,‪‎प्राथमिक‬ तहमा रङ्गीन पाठ्यपुस्तक छपाउने प्रकृया । यो कार्य अनुसार अब प्राथमिक तहका हरेक पाठ्यपुस्तकहरु रङगीन हुनेछन् ।
मन्त्री पोखरेलको  पाँचौं काम ः
शिक्षा मन्त्रि पोखरेलको पाँचौ र महत्वपुर्ण काम हो , ‎संंस्थागत‬ विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका जारी गर्नु । यो निर्देशिका अनुसार नीजि बिद्यालयले लिने गरेको मनपरि शुल्क अन्त्य हुनेछ ।
प्रतिक्रिया