रास्ट्रिय युवा संघ जाजरकोट क्षत्र न. २ का अध्यक्ष शाहीद्वारा नि:शुल्क मास्क वितरण
शिक्षाखबर डेस्क
१५ चैत्र २०७६, शनिबार
no immg

जाजरकोट / रास्ट्रिय युवा संघ जाजरकोट क्षत्र न. २ का अध्यक्ष सरोज शाहीले छेडागाडा नगरपालिका वार्ड न. ५ मा आज मध्यान्ह स्थानीय वृद्दबृद्दा एवम बालबालिकालाई नि:शुल्क मास्क वितरण गरेका छन् ।

सोही वार्डका वडा अध्यक्ष महेन्द्र बहादुर शाहीको विशेष उपस्थितिमा रास्ट्रीय युबा संघ नेपाल क्षेत्र न. २ का अध्यक्ष,युवा समाजसेबी सरोज शाहीले स्थानीय स्रोत – साधन र जनशक्तिको रचनात्मक प्रयोग र परिचालन गरि व्यक्तिगत लगानीमै मास्क उत्पादन गरि नि:शुल्क वितरण गरेका हुन् ।
आफु एकजना पात्रले चाहदा मात्र पनि पहिलो चरणमै २५० पिस मास्क उत्पादन गरि आवश्यक पर्ने बयवृद्दबृद्दा एवम बालबालिकालाई नि:शुल्क वितरण गर्ने क्षमता राख्छु भने सरकार र दाताहरुको सहयोग रहन्छ भने जाजरकोट जिल्ला भरि नै माहामारी बिरुद्द लड्न प्रयोग गर्न सकिने अत्यावस्यक साधन तयार गर्न जाजरकोटि युवा तयार रहेको अध्मयक्ष शाही बताउनुहुन्छ ।

प्रतिक्रिया