समाजबादी आन्दोलनको नेतृत्व गर्न क. प्रचण्ड सक्षम :-उपाध्यक्ष भण्डारी
शिक्षाखबर डेस्क
२७ माघ २०७४, शनिबार
no immg

२७ माघ,धादिङ,पार्टी एकता गर्ने भन्दै साझा घोषणा पत्र बनाएर प्रदेश र संघीय चुनाब लडेका माओवादी केन्द्र र एमाले बिचको पार्टी एकता जनताले अनुमोदन गरि सकेकोले अब पार्टी एकता गर्ने या नगर्ने एमाले अध्यक्ष के पि ओलिको हातमा रहेको अखिल(क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष तिलकराज भण्डारीले बताए। आज धादिङ बेसीमा भएको अखिल(क्रान्तिकारी) धादिङको जिल्ला समितिको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै हामी माओवादीहरु लचक भएकोले नै के पि ओलिलाइ प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक रोजेर लिन आग्रह गरेको भन्दै पार्टी एकता आजको आवश्यकता हो तर बाध्यता होइन, पार्टी एकता हुनु राम्रो हो तर पार्टी एकता नभए पनि समाजबादी आन्दोलनको नेतृत्व गर्न क. प्रचण्ड सक्षम रहेको भन्दै उनले प्रचण्ड कै पालामा नेपालमा समाजबाद आउने भन्दै ढुक्क हुन बिध्यार्थीहरुलाइ आग्रह गरे। गणतन्त्र प्राप्तिको आन्दोलन प्रचण्ड र माओवादीले गरेको भन्दै समाजबादी शिक्षा प्राप्तिको आन्दोलन पनि माओवादी निकट अखिल(क्रान्तिकारी)ले नै गर्ने बताए।

उक्त बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्र धादिङका नेता राम बहादुर भण्डारीले गणतन्त्र प्राप्तिको आन्दोलनमा अखिल(क्रान्तिकारी) को महत्त्वपुर्ण भुमिका रहेको भन्दै उक्त इतिहासलाई कायम राख्दै शैक्षिक आन्दोलनको नेतृत्व गर्न आग्रह गर्नु भयो। सोही कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष माधब छत्कुलीले शिक्षामा रहेको बर्गिय भेद मुलतः निजीकरण, ब्यापारीकरण र माफीयाकरणको अन्त्य गर्न क्रान्तिकारी बिध्यार्थीहरुले चरणबद्ध आन्दोलन गर्ने बताए।

अखिल(क्रान्तिकारी) धादिङका अध्यक्ष माधब छत्कुलिको अध्यक्षतामा बसेको उक्त बैठकमा केन्द्रिय उपाध्यक्ष तिलकराज भण्डारीको प्रमुख आतिथ्यता, जिल्ला पार्टी उपाध्यक्ष राम बहादुर भण्डारी र पुर्व सचिवालय सदस्य सन्जीब रेग्मीको बिशेष आतिथ्यतामा सम्पन्न बैठकले फाल्गुन १-२० सम्म संगठनको अभियान संचालन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया