काठमाडौं / थप २४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीमा १२ जना, कपिलबस्तुमा ८ जना, पर्सामा ३ र नवलपरासीका १ जना छन्।
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो। यो सँगै संक्रमितको संख्या २४३ पुगेको छ।