इच्छाकामना, ११ साउन । आफ्नो जन्मदिनको अवसर पारेर अनेरास्ववियू चितवनका नेता डा. अमृत पोखरेलले चितवनको इच्छाकामनाका गाउँपालिकाका तीन जना विपन्न परिवारका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्नुभएको छ । आइतबार श्री राष्ट्रिय प्राथमिक विद्यालय, इच्छाकामना ७ उपर्दाङ्गढी, चितवनमा विद्यालय जान छाडेका बिपन्न चेपाङ परिवारका तीन बालबालिकाहरु तितस प्रजा, सृजना प्रजा र कृपा प्रजाको अभिभावकत्व ग्रहण गर्नुभएको हो ।
पोखरेलले अभिभावकत्व ग्रहण गर्दै अनिवार्य विध्यालय जाने सर्तमा विद्यालय पोषाक, स्टेसनरी सामाग्री,स्कुल झोला प्रदान गर्नुभयो ।
अनेरास्ववियूका केन्द्रिय सदस्य दुर्लभ शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबाट डा. पोखरेलले अभिभावकत्व ग्रहण गर्नुभएको हो । नेता शाहिले स्कुल जाने बालबालिका स्कुलमा नहुनुमा समाज भागिदारी हुन्छ भन्दै समाजलाइ सामाजिक उत्तरदायीत्त्व बहन गर्न आहवान गर्नुभयो ।
सोही अवसरमा विद्यालयकी साहायक प्रधानाध्यापक रितु गुरुङले आर्थिक अवस्था कमजोर भएका कारण बालबालिकाहरु नियमित विद्यालय आउन नसकेको बताउनुभयो । उहाँले तीन बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएकोमा पोखरेल प्रती आभार व्यक्त गर्दै धन्यवाद दिनुभयो ।
अभिभावकत्व ग्रहण कार्यक्रममा सामाजिक अगुवाहरु तेज बहादुर गुरुङ,विद्यालयका पुर्व प्रध्यानाध्यापक गणेश थापा मगर सहित सुदिप भट्टराई, निस्चल केसि, अर्जुन विस्ट, राजन अधिकारी लगायतका अनेरास्ववियू चितवनका नेताहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको समापनमा अमृत पोखरेलले स्कुल प्राङ्गणमा बृक्षरोपण गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन अनेरास्ववियूका नेता, साबिक आखिल(क्रान्तिकारी) इच्छाकामना संयोजक पवन गुरुङ ले गर्नुभएको थियो ।