देशभरमा कोरोना संक्रमण दर तीव्र रूपमा बढिरहेका वेला आवश्यक मेडिकल उपकरणसहितका सामग्रीको मौज्दात कति छ, भन्ने प्रश्न उब्जिएको छ । कोरोना संक्रमण नियन्त्रणबाहिर गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २७ वैशाखमा विकास साझेदार संस्थाहरूलाई विभिन्न ४० प्रकारका मेडिकल सामग्री सहयोग गर्न औपचारिक पत्र लेखेको थियो ।
स्वास्थ्य मन्त्रालयको औपचारिक पत्रसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार सस्थाहरूले निरन्तर मेडिकल सामग्री सहयोग गर्दै आएका छन् । स्वास्थ्य मन्त्रालयले अहिले स्वास्थ्य सामग्रीको कुनै अभाव नभएको बताएको छ । तथ्यांकअनुसार सर्जिकल मास्क, पन्जा, सुज पर्याप्त मात्रामा मौज्दात रहेको छ । पर्याप्त मात्रामा स्वास्थ्य सामग्रीको मौज्दात भएपछि हाल स्वास्थ्य मन्त्रालयले आवश्यक परेका सामग्री मात्रै सहयोग गर्न भनेको छ । सबै प्रदेशमा स्वास्थ्य सामग्रीको मौज्दात राम्रो देखिएको छ ।
देशभर ८६ हजार २६८ जना संक्रमित घरमा बसेका छन् । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा.समीर अधिकारीका अनुसार ६ हजार ६६० जना संक्रमित अस्पतालमा उपचाररत छन् । पछिल्लो २४ घन्टामा १४५१ जना आइसियू र ३८४ जना भेन्टिलेटरमा छन् । पछिल्लो समय डिस्चार्ज हुनेहरू बढिरहेका छन् ।
पछिल्लो २४ घन्टामा मुलुकभर ५ हजार ४२ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् । नेपालमा अहिलेसम्म कोभिड–१९ बाट संक्रमित हुनेको संख्या पाँच लाख ८५ हजार एक सय पुगेको छ । पछिल्लो २४ घन्टामा आठ हजार दुई सय ४३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ छ । नेपालमा पछिल्लो २४ घन्टामा कोभिड–१९ संक्रमणबाट ६८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या सात हजार सात सय ९९ पुगेको छ ।
स्वास्थ्य सामग्री कहाँ कति ?






