अब कक्षा १२ को परीक्षा सय पूर्णांककै
शिक्षाखबर डेस्क
४ श्रावण २०७८, सोमबार
no immg

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक रूपमा सञ्चालनको प्रस्ताव गरेको छ । पौने चार लाख विद्यार्थीको परीक्षा अनलाइन वा अन्य विकल्पबाट सम्भव नभएको अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए ।
यो वर्ष हरेक विषयमा शतप्रतिशत नै परीक्षा लिने तयारी गरेको छ । अघिल्लो वर्ष समय र भारसमेत घटाएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको थियो । त्यसैगरी, ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा लिइने र २० प्रतिशत आन्तरिक मूल्यांकनको निर्णय गरेको थियो । अघिल्लो वर्ष देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरेको थियो । सो संख्यामध्ये ६ सय १७ केन्द्रमा प्रश्नपत्र छपाइ गरी पु¥याएको छ भने अन्य केन्द्रमा इमेलमार्फत प्रश्नपत्र पठाएको छ । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होमसेन्टर कायम गरेको थियो ।

प्रतिक्रिया