थाहा छ, मलाई, कुनै पनि व्यक्तिको judgement गर्नु राम्रो काम पक्कै पनि होइन, अझ म राजनीति धेरै नबुझेको मान्छेले नभेटेको कमरेड प्रचण्डको बारे मुल्यांकन गर्नु उचित त नहोला, तर पनि कमरेड प्रचण्ड एक व्यक्ति मात्र नभई एक संस्था हो, एक दर्शन/बिचारधारा हो, कमरेड प्रचण्ड एक व्यवस्था पनि भएकाले कमरेड प्रचण्डको बारेमा जान्न, बुझ्न, ठम्याउन, बिश्लेषण र मुल्यांकन गर्न आतुर रहन्छु र पटक पटक प्रचण्डको बारेमा बिश्लेषण/मुल्यांकन गर्ने दुस्साहस गरिरहन्छु। ०५९ सालमा जन्मको म, आफु भन्दा ४८ बर्ष जेठो, २०११ सालमा जन्मेको (छबिलाल) पुष्पकमल दाहाल ‘प्रचण्ड’को बारेमा लेख्दै छु।
क्रान्ति र शान्तिको एकै पटक सबल नेतृत्व गर्न सक्ने आदर्श नेता, Tower Personality भएका नेता हुन् प्रचण्ड। समकालीन राजनीतिका King Maker हुन भन्दा पनि फरक नपर्ला।
क. प्रचण्ड व्यक्तित्व मात्र होइनन् अग्रगामी बिचारधारा पनि हुन्।
कमरेड प्रचण्ड संकट(आन्तरिक होस् या बाह्य) को बेलामा चमत्कार देखाउने नेता हुन्, दृष्टिकोण हुन् । “चरा मार्ने गुलेली नहुनेले जनयुद्ध !” वा बयालगाडा चढेर अमेरिका पुगिन्छ, र !” भन्नेहरुका अगाडि जनयुद्ध गरेर अन्तिममा ज्ञानेन्द्र सत्ता हातमा लिएपछि सात दललाई युद्धकै बिचमा साथ लएर जनयुद्ध र जन-आन्दोलनलाई फ्युजन गरी संविधानसभाको निर्वाचन संभव बनाउने नेतृत्व हो क. प्रचण्ड । जनताको त्याग, बलिदान र समर्पण बाट प्राप्त उपलब्धि लाई संविधान मार्फत सुनिश्चिता गराई संविधानको रक्षार्थ खटिएका बलिया सेनापति हुन् क. प्रचण्ड।
समय परिवर्तनशिल छ, समय अनुसार चल्नुपर्छ भन्ने हरु धेरै भेटिन्छन्, तर प्रचण्ड भन्ने बिश्वकै अनौठो मान्छे जसले भन्ने गर्छ, समय अनुसार चल्ने होइन, समयलाई आफु अनुकुल चलाउने हो।
जिजमानी गरेर बुबाले कमाएको पैसामा अतिरंजित नबनी त्यसको सहि उपयोग गरि नेपालको सत्ता उलटपुलट गरि सामान्य नागरिकलाई पनि देश चलाउने अधिकारका निम्ति उठ्यो, जाग्यो, लड्यो र जनतालाई त्यो अधिकार दिलाउने नाम हो प्रचण्ड।
जब बम बारुदहरु बिस्फोट हुन्छन्, सिमित ठाउँमा उल्कापात हुन्छ वा तरङ्गित पार्दछ, तर बिचारमा बिस्फोट हुन् थाल्छन्, तब बिश्व ब्रह्माण्ड नै तरङ्ग तरङ्गित हुने गर्दछ, बिश्वमा तरङ्गित पार्न सक्ने बिचारधारा भएका व्यक्ती हुन्,प्रचण्ड।
र एक पटक कमरेड प्रचण्डलाई भन्न मन छ “कमरेड प्रचण्ड,तपाईं प्रचण्ड नै हुनुहुन्छ ।
नेपाली शब्दकोषमा प्रचण्डको अर्थ “ज्यादै चर्काे स्वभावको, खरो, कसैसंग नडराउने, सहासी, आँटिलो” हुन्छ ।
लेखक नवीन बिष्ट, अखिल क्रान्तिकारी दार्चुलाका नेता हुन्।