नेपाल स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परिक्षा भद्रा २१ र २२ मा
शिक्षाखबर डेस्क
३२ श्रावण २०७८, सोमबार
no immg

काठमाडौं / नेपाल स्वास्थ्य व्यवसायी परिषदमा प्रमाणपत्र तह , स्नातक तह र स्नाकोत्तर तहको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स ) परिक्षा २०७८ भाद्र २१ र २२ मा हुने भएको छ |
परिषदले ०७८ अषाढ १९ गते गर्ने गरि तयारि गरेको सो परीक्षा कोभिड-१९ को बढ्दो संक्रमणलाइ मध्यनजर गर्दै स्थगित गरेको थियो |
बैशाख ११ गतेबाट श्रावण मसान्त सम्ममा नाम दर्ता प्रमाणपत्रका लागि आबेदन भरेका आवेदकहरुको परिक्षा स्वास्थ्य मापदण्ड अपनाई ०७८ भाद्र २१ र २२ गते कम्प्युटर माध्यमबाट गर्ने निर्णय परिषदले गरेको हो |

प्रतिक्रिया