शंकरदेव क्याम्पसमा अखिल फोर्सद्वारा सेनिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण
शिक्षाखबर डेस्क
१ भाद्र २०७८, मंगलवार
no immg

१ भदाै, काठमाडाैँ । अखिल फोर्सले शंकरदेव क्याम्पसमा सेनिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटीको समन्वयमा अखिल फोर्सले उक्त क्याम्पसमा सेनिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो ।

उक्त मेसिन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुली तथा विशेष अतिथि क्याम्पस प्रमुख सहायक क्याम्पस प्रमुख अनेरास्ववियुका उपाध्यक्ष माधव पन्त सचिव मेघनाथ चापागाईँ उपस्थित थिए ।

कार्यक्रमका प्रमुख अतिथि सुदेश पराजुलीले देशभरिका सरकारी क्याम्पसमा सेनिटरी प्याड मेसिन राख्ने अभियान सञ्चालन गर्ने बताए ।

प्रतिक्रिया