शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले गर्यो निन्दा
शिक्षाखबर डेस्क
३ भाद्र २०७८, बिहीबार
no immg

३ भदाै, काठमाडाैँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले देउवा सरकारले ल्याएको अध्यादेशको शान्तिपूर्ण विरोध गर्दा प्रहरीले गरेको दमनको निन्दा गरेको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै युनियनले देउवा नेतृत्वको सरकारलाई ‘दलाल सरकार’को संज्ञा दिँदै यस सरकारले लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था, दलीय व्यवस्थाको रक्षाका लागि गरिएका शान्तिपुर्ण आन्दोलनमा गरिने दमनको प्रतिरोध गर्न तयार रहेको उल्लेख गरेको छ ।

युनियनले अहिलेको सरकारले नेपालको लोकतान्त्रिक प्रणालीलाई नै ध्वस्त बनाउने, विगतका आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई समाप्त गर्ने पथ अंगालेको आरोप पनि लगाएको छ ।

सरकारले जारी गरेको दलसम्बन्धी अध्यादेशको विरोधमा गरिएको प्रदर्शनमा प्रहरी र विद्यार्थी संगठनबीच झडप हुँदा संगठनका अध्यक्ष ऐन महर, सचिव आरसी लामिछाने लगायत दर्जनाैँ घाइते भएका छन् ।

प्रतिक्रिया