शुल्क वैज्ञानिक र व्यवहारिक बनाउन तथा शुल्कमा छुटको व्यवस्था गर्न सिटिइभिटीको निर्देशन
शिक्षाखबर डेस्क
९ भाद्र २०७८, बुधबार
no immg

९ भदाै, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्(सिटिइभिटी)ले आंगिक परिषद् अन्तर्गत सञ्चालन भएका सामुदायिक विद्यालयमा शुल्कलाई वैज्ञानिक र व्यवहारिक बनाउन निर्देशन दिएको छ ।

बुधबार सुचना प्रकाशित गर्दै सिटिइभिटीले विद्यालय प्राविधिक शिक्षा र परिषद्सँगको साझेदारीमा सञ्चालित प्रमाणपत्र, डिप्लोमा र प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रममा फरक–फरक शुल्क लिइरहेको पाइएपछि शुल्क वैज्ञानिक र व्यवहारिक बनाउन निर्देशन दिएको हो ।

त्यसैगरी, सिटिइभिटिले कोरोना महामारीका कारण वैकल्पिक माध्यमबाट पठनपाठन हुने अवस्थासम्म वैकल्पिक विधिबाट प्रशिक्षण भएको अवधिसम्म लिइने शुल्कमा कम्तीमा १५ प्रतिशत छुट दिन पनि परिषद् अन्तर्गत सञ्चालित आंगिक, साझेदारमा सञ्चालित विद्यालय तथा प्रतिष्ठान, टेक्स र निजी शिक्षालयलाई निर्देशन दिएको छ ।

शुल्क निर्धारण सम्बन्धि जानकारी सिटिइभिटीको वेभसाइटमा हेर्न सकिने सिटिइभिटीले उल्लेख गरेको छ ।

प्रतिक्रिया