शुक्रबार कोरोना संक्रमितभन्दा निको हुनेको संख्या धेरै
शिक्षाखबर डेस्क
११ भाद्र २०७८, शुक्रबार
no immg

११ भदाै, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप २०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५७७ जना र एन्टिजेन विधिबाट ४८८ जनामा संक्रमण पुष्टि हो ।

त्यस्तै, सोही अवधिमा २३३७ जना कोरोना संक्रमण मुक्त पनि भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया