१८ भदाै, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी)ले शैक्षिक सत्र २०७८/७९ अन्तर्गत डिप्लोमा तथा प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फको आवेदन फाराम भर्ने म्यााद थप गरेको छ । सिटिइभिटीले शुक्रबार एक सुचना जारी गर्दै म्याद थप गरेको जानकारी दिएको हो ।
सिटिइभिटीको सुचना अनुसार डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको आवदेन फाराम भदाै २८ गतेसम्म भर्न सकिनेछ । यसअघिको सुचनामा सिटिइभिटीले भदाै १८ अर्थात् आजसम्म मात्रै फाराम भर्न पाउने उल्लेख गरेको थियो ।
सिटिइभिटीको सुचनामा कोरोना भाइरसको महामारीका कारण विषम परिस्थिति उत्पन्न भएको र फाराम भर्ने म्याद १० दिन थप गरिएको उल्लेख छ ।