फागुन २६ काठमाडौं, नेपाल नर्सिंग काउन्सिलद्वारा आज लिइएको १८औ नर्सिंग लाइसेन्स परिक्षा दिनबाट वन्चित गराइएका पिडित बि.एस.सी नर्सिंग उत्तीर्ण विद्यार्थीहरुले आफुहरुलाई नर्सिंग लाइसेन्स परिक्षा दिन पाउने बातावरण तयार गरिदिन अनुरोध गर्दै बिद्यार्थी संगठन गुहार्न पुगेका छन् ।
अखिल(क्रान्तिकारी) को केन्द्रिय कार्यालय बागबजार नै पुगी पिडित बिद्यार्थीहरुले संगठनका अध्यक्ष रन्जित तामांग समक्ष कलेज,बिश्वबिद्यालय,नर्सिंग काउन्सिल र अदालत बिचको जुहारीमा आफुहरु सहित जुनियर गरि ७० जना बिद्यार्थी पिल्सिएको दुखेसो पोख्दै न्याय दिलाइदिन अनुरोध गरेका छन् ।
संगठनको कार्यालयमै गम्भीर समस्या सहित बिध्यार्थी आइपुगेपछि अध्यक्ष तामाङले बिश्वबिद्यालय कमाण्ड को जिम्मेवारी सम्हालेका संगठनका सचिब डा.अच्चुत भट्टलाइ निर्देशन दिदै मापदण्डपुरा नगरी संचालनमा रहेको ओएसिस मेडिकल कलेजमा हाल अध्ययनरत बिद्यार्थीहरुको उचित व्यस्थापन र सो कलेजको सम्बन्धन तत्काल खारेजी गर्न माग गरिने बताउनु भयो साथै अरु विद्यार्थी संगठनहरुसंग पनि समन्वय गरि आवश्यक परेमा संयुक्त रुपमै परिक्षाबाट वन्चित बिद्यार्थीहरुलाई आगामी लाइसेन्स परिक्षामा सहभागी हुने बातावरण तयार गर्न संगठन जस्तोसुकै कदम चाल्न पछी नपर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो।






