देशभर ९६८ जनामा कोरोना संक्रमण, १११४ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
१९ आश्विन २०७८, मंगलवार
no immg

१९ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७६२ जना र एन्टिजेन विधिबाट २०६ जनामा संक्रमण पुष्टि हो ।

त्यस्तै, सोही अवधिमा १११४ जना कोरोना संक्रमण मुक्त पनि भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया