मंसिर ११ गते नर्सिङको लाइसेन्स परीक्षा हुने, फाराम अनलाइनबाट भर्नुपर्ने
शिक्षाखबर डेस्क
२५ आश्विन २०७८, सोमबार
no immg

२५ असोज, काठमाडाैँ । नेपाल नर्सिङ काउन्सिलले नर्सिङको लाइसेन्सका लागि लिइने परीक्षाको मिति तोकेको छ । काउन्सिलले दिएको जानकारी अनुसार नर्सिङको लाइसेन्स परीक्षा मंसिर ११ गते हुनेछ ।

यो परीक्षामा सामेल हुनका लागि योग्य व्यक्तिहरूले अनलाइनमार्फत फाराम भर्न सक्नेछन् ।

काउन्सिलका अनुसार असोज ३१ गतेदेखि कार्तिक २९ गतेसम्म फाराम भर्न सकिनेछ । उक्त परीक्षा मंसिर ११ गते ९ बजेदेखि ११ः ३० बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया