देशभर ४६९ जनामा कोरोना संक्रमण, ५५५ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
१६ कार्तिक २०७८, मंगलवार
no immg

१६ कार्तिक, काठमाडाैँ । मंगलबार मुलुकभर थप ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११५ पिसिआर र ३१७२ जनाको एन्टिजेन परीक्षण गर्दा ४६९ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर ५५५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ११ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया