देशभर ४४७ जनामा कोरोना संक्रमण, ४३९ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
१७ कार्तिक २०७८, बुधबार
no immg

१७ कार्तिक, काठमाडाैँ । बुधबार मुलुकभर थप ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५७७ पिसिआर र ३३३६ जनाको एन्टिजेन परीक्षण गर्दा ४४७ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार देशभर ४३९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ७ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया