देशभर कोरोना संक्रमितको संख्या बढ्यो, निको हुने भन्दा संक्रमित धेरै
शिक्षाखबर डेस्क
२३ कार्तिक २०७८, मंगलवार
no immg

२३ कार्तिक, काठमाडाैँ । मंगलबार मुलुकभर थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४९१८ पिसिआर र १८१८ जनाको एन्टिजेन परीक्षण गर्दा ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर ४८४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप १ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया