२४ कार्तिक, काठमाडाैँ । लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा ठूलो संख्यामा विज्ञापन खुलाएको छ । बुधबार गोरखापत्रमा सुचना जारी गर्दै लोक सेवा आयोगले स्वास्थ्य क्षेत्रका ९६ पदका लागि आवेदन खुलाएको हो ।
प्रकाशित सुचना अनुसार आयोगले स्वास्थ्यको ७ र ८ औं तहमा विज्ञापन खुलाएको हो । उक्त सुचनामा मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदमा विज्ञापन खुलाएको जानकारी दिइएको छ ।
लोक सेवाले खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरेको हो ।