डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षाका लागि खुल्यो फाराम, कहिलेसम्म भर्न पाइन्छ ?
शिक्षाखबर डेस्क
३ मंसिर २०७८, शुक्रबार
no immg

३ मंसिर, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फाराम भर्नेबारेको सुचना प्रकाशित गरेको छ । शुक्रबार सिटिइभिटीले आंगिक्, साझेदारी, सामुदायिक तथा निजि स्तरमा सञ्चालित शिक्षण संस्थाहरूबाट परीक्षा आवेदन फाराम भर्नका लागि सुचना जारी गरेको हो ।

सुचनामा उल्लेख भए अनुसार नियमित शुल्कमा मंसिर २३ गतेसम्म र विलम्ब दस्तुर तिरी पुस १ गतेसम्म फाराम भर्न सकिनेछ । विशेष प्राविधिक शिक्षामा छात्रवृत्तिका कार्यक्रम सहितको परीक्षा फाराम सोही समयमा भर्ना परिषद्ले अनुरोध गरेको छ ।

नियमित परीक्षाका लागि आंगिक, सामुदायिक र परिषद्सँग साझेदारी गरी सञ्चलन गरिएका संस्थाहरूको हकमा वार्षिक परीक्षा प्रणालीका लागि १००० र सेमेस्टर प्रणालीका लागि ५०० आवदेन शुल्क तोकिएको छ । त्यस्तै, अन्य शिक्षण संस्थाको हकमा भने वार्षिक परीक्षा प्रणालीको २५०० र सेमेस्टर  प्रणालीको १००० तोकिएको छ ।

त्यसैगरी, विलम्ब शुल्कबापत दोब्बर दस्तुर तिर्नुपर्नेछ । फाराम भरिसकेपछि web based online system मा इन्ट्री नगरेमा दोब्बर दस्तुर तिर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया