देशभर २३८ जनामा कोरोना संक्रमण, ३७० जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
५ मंसिर २०७८, आईतवार
no immg

५ मंसिर, काठमाडाैँ । आइतबार मुलुकभर थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७८४५ पिसिआर र १२७८ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार देशभर ३७० जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप १ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया