८ मंसिर, काठमाडाैँ । बुधबार मुलुकभर थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५९० पिसिआर र २३३० जनाको एन्टिजेन परीक्षण गर्दा ३३२ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार देशभर २३२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ४ जनाको मृत्यु समेत भएको छ ।