नेपाल प्रहरीमा ठूलो संख्यामा खुल्यो जागिर, कहिलेसम्म दिने आवेदन ? (सुचनासहित)
शिक्षाखबर डेस्क
१० मंसिर २०७८, शुक्रबार
no immg

१० मंसिर, काठमाडाैँ । नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खुलेको छ । प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले शुक्रबार सुचना प्रकाशित गर्दै रोजगारीको अवसर खुलेको जानकारी दिएको हो ।

प्रहरीको जनपद समूहतर्फ प्रहरी निरीक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदमा जागिर खुलाएको छ ।

इच्छुक व्यक्तिहरूले यही मंसिर १९ गतेदेखि पुस २३ गतेसम्म आवेदन दिन पाउनेछन् ।

सुचनामा उल्लेख भए अनुसार प्रदेश तथा जिल्ला प्रहरी कार्यालय र काठमाडाैँ महानगरीय प्रहरी परिसर काठमाडाैँमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै