देशभर ३१६ जनामा कोरोना संक्रमण, २५९ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
१५ मंसिर २०७८, बुधबार
no immg

१५ मंसिर, काठमाडाैँ । बुधबार मुलुकभर थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०९१९ पिसिआर र १८०८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार देशभर २५९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ३ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया