देशभर ३१५ जनामा कोरोना संक्रमण, २०१ जना संक्रमण मुक्त
शिक्षाखबर डेस्क
१६ मंसिर २०७८, बिहीबार
no immg

१६ मंसिर, काठमाडाैँ । बिहीबार मुलुकभर थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५११ पिसिआर र १८९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३१५ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार देशभर २०१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ६ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया