ऐनभन्दा बाहिर गएर काम हुँदैन, १०० शय्याको अस्पताल हुनेले नर्सिङ पढाउन पाउँछन् : मन्त्री पौडेल
शिक्षाखबर डेस्क
२१ मंसिर २०७८, मंगलवार
no immg

२१ मंसिर, काठमाडाैँ । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ् पढाउन पाउने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताएका हुन् ।

आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एकसय शय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएको छ भन्दै उनले भने, “मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउछन् । अन्यको हकमा भने छलफल भइरहेको छ । ”

मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शैय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको मन्त्री पौडेलको भनाइ थियो ।पिसिएल नर्सिङ्को अध्ययन विसं २०८० बाट खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने जानकारी दिनुभयो ।

प्रतिक्रिया