बंगलादेशमा १ जना विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्ड
शिक्षाखबर डेस्क
२२ मंसिर २०७८, बुधबार
no immg

२२ मंसिर, एजेन्सी । बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको २०१९ मा भएको हत्याको आरोपमा बुधबार २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिलले एएफपी समाचार समितिलाई बताएका छन् ।

अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताएका छन् ।

प्रतिक्रिया