देशभर २६४ जनामा कोरोना संक्रमण, ३६२ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
२८ मंसिर २०७८, मंगलवार
no immg

२८ मंसिर, काठमाडाैँ । मंगलबार मुलुकभर थप २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३९२ पिसिआर र ४३१७ जनाको एन्टिजेन परीक्षण गर्दा २६४ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर ३६२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया