देशभर २८० जनामा कोरोना संक्रमण, ३०० जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
२९ मंसिर २०७८, बुधबार
no immg

२९ मंसिर, काठमाडाैँ । बुधबार मुलुकभर थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२१२ पिसिआर र २७८२ जनाको एन्टिजेन परीक्षण गर्दा २८० जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार देशभर ३०० जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया