विद्युत प्राधिकरणमा ३४९ जनाका लागि खुल्यो जागिर (सुचनासहित)
शिक्षाखबर डेस्क
१ पुष २०७८, बिहीबार
no immg

१ पुस, काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले ३४९ जनाका लागि रोजगारी खुलाएको छ । बिहीबार सुचना जारी गर्दै प्राधिकरणले प्राविधिक तर्फका लागि रोजगारी खुलाएको हो ।

प्राधिकरणले यो विज्ञापन एक वर्षे करारका लागि खुलाएको छ । प्राधिकरणको सुचनामा करार अवधि सकिएपछि करार अवधि नवीकरण नहुने उल्लेख गरिएको छ ।

प्राधिकरणले सुचनामार्फत अधिकृत स्तर, सुपरभाइजर, फोरमेन, ड्रिलिङ सुपरभाइजर र इलेक्ट्रिसियन लगायतका पदमा रोजगारीको अवसर भएको जानकारी दिएको छ ।

यस जागिरका लागि अनलाइनमार्फत आवेदन दिन सकिनेछ । योग्यता पुगेका व्यक्तिहरूले पुस १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस विज्ञापनबारे विस्तृतमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

 

प्रतिक्रिया