देशभर २६० जनामा कोरोना संक्रमण, ३४९ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
९ पुष २०७८, शुक्रबार
no immg

९ पुस, काठमाडाैँ । शुक्रबार मुलुकभर थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०६० पिसिआर र ३८३८ जनाको एन्टिजेन परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार देशभर ३४९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया