कानुनविपरित शुल्कको विरूद्धमा भएका कार्यक्रमहरूमा ऐक्यबद्धता जनाउने विद्यार्थी संगठनको निर्णय
शिक्षाखबर डेस्क
२६ पुष २०७८, सोमबार
no immg

२६ पुस, काठमाडाैँ । विभिन्न ७ विद्यार्थी संगठनको संयुक्त बैठकले विभिन्न ५ बुँदे निर्णयहरू गरेको छ । सोमबार अनेरास्ववियुको केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले चिकित्सा शिक्षामा लिइरहेको कानुनविपरित शुल्कको विरूद्धमा भएका कार्यक्रमहरूमा सहमति जनाउने लगायत निर्णयहरू गरेको हो ।

सोमबारको बैठकले चर्को शुल्क लिने निर्णय विरुद्ध भएको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्ने, आन्दोलनरत विद्यार्थीहरूमाथि आक्रमणमा सम्लग्नहरुलाई कारबाहीको माग गर्ने लगायतका निर्णयहरू सार्वजनिक गरेको हो ।

यस्ता छन् विद्यार्थी संगठनको बैठकले गरेका संयुक्त निर्णयहरू

१.विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने निर्णय विरुद्ध आफू अध्ययनरत कलेजमा स्वतस्फूर्त रूपमा गरिरहेको आन्दोलन प्रती संयुक्त विद्यार्थी सङ्गठनको तर्फबाट पुर्ण रुपमा ऐक्यबद्धता जाहेर गर्दछौं।

२. हिजो बिराटनगर स्थिति नोवेल मेडिकल कलेजमा शान्तिपूर्ण रुपमा आन्दोलनमा रहेका विद्यार्थीहरु माथी कलेज प्रशासनले भाडाका गुन्डाहरु समेत प्रयोग गरि गरिएको आक्रमणको घोर निन्दा र भत्स्ना गर्दै उक्त आक्रमणमा सम्लग्नहरुलाई र उनीहरु लाई प्रयोग गरि आक्रमण
गराउने कलेज संचालकलाई तत्काल पक्राउ गरि कानुनी कार्वाही गर्न जोडदार माग गर्दछौं ।

३. पछिल्लो समय विभिन्न राजनैतिक पार्टीका नेताहरु सङ्ग शैक्षिक माफिया र मेडिकल माफियाहरुले व्यक्तिगत सम्बन्ध स्थपित गरि आफ्नो स्वार्थ अनुकुल प्रयोग गरेको प्रती संयुक्त विद्यार्थी सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ, यस्ता कार्यमा सम्लग्न रहेका राजनैतिक
दलका नेताहरुको भन्डाफोर र खबरदारी समेत गर्दछौं।

४ काठमाडौ विश्वविद्यालय अन्तर्गत संचालित नोवेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा रिले अनशनमा रहेका आन्दोलनरत विद्यार्थीहरु प्रती संयुक्त विद्यार्थी सङ्गठनका अध्यक्षहरुको उपस्थितिमा पौष २८ गते ऐक्यबद्धता जाहेर गर्ने।

५. आन्दोलनरत विद्यार्थीहरु माथी भएको दमनका विरुद्ध नेपाल सरकारका माननीय गृहमन्त्री र शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउने साथै उपरोक्त समस्या समधानको निम्ती चिकीत्सा शिक्षा आयोग र काठमाडौं विशविद्यालय सग समेत छलफल गर्ने ।

प्रतिक्रिया