२६ पुस, काठमाडाैँ । शिक्षामन्त्री देवेन्द्र पाैडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार उनका प्रेस संयोजक विमल खड्काले मन्त्री पाैडेलमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
संयोजक खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लेखेका छन्, ‘माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ । रुघा र सामान्य खोकी लागेपछि उहाँले सोमबार बिहान पीसीआर परीक्षण गर्नुभएको थियो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’
कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री पाैडेल होम आइशोलेसनमा बसेका छन् ।