देशभर ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन २४४४ जना संक्रमित थपिए
शिक्षाखबर डेस्क
२७ पुष २०७८, मंगलवार
no immg

२७ पुस, काठमाडाैँ । मंगलबार मुलुकभर थप २४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६४८ पिसिआर र ४३८५ जनाको एन्टिजेन परीक्षण गर्दा २४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर ३१३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया