३ माघ, काठमाडाैँ । काठमाडाैँमा आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज लगाउन सुरू गरिँदैछ । सरकारले विभिन्न १७ ठाउँबाट बुस्टर डोज लगाउन सकिने व्यवस्था गरेको छ ।
हिजोदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै हिजो सुरु हुन सकेको थिएन ।
ग्रपङ्क्तिमा काम गर्नेहरुलाई बुस्टर तत्काल बुस्टर डोज दिइने छ ।
बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्ने बताइएको छ। आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ।