काठमाडाैँ । अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला परेकी छन् । अष्ट्रेलियाको न्यु साउथ वेल्समा काठमाडाैँको कीर्तिपुर घर भएकी सुस्मिता कपाली मृत फेला परेकी हुन् ।
उनी २०२० को सुरूवाती महिनामा नै अष्ट्रेलिया गएको बुझिएको छ । प्रहरीले अहिले उनको मृत्युको विषयमा अनुसन्धान गरिरहेको छ ।
उनको परिवारको आर्थिक अवस्था निकै कमजोर भएका कारण शव घर ल्याउन न्यु साउथ वेल्सको गैर आवासिय नेपाली संघले गो फण्ड मि मार्फत सहयोग संकलन गरिरहेको छ ।
उनको शव नेपाल ल्याउनका लागि अहिलेसम्म १६ हजार अष्ट्रेलियन डलर संकलन भइसकेको बताइएको छ ।