४ माघ, कैलाली । कैलालीको गोदावरीमा रहेको जीर्ण भाइरल काठेपुलबाट खसेर एकजना शिक्षकको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत तराई र पहाड जोड्ने गोदावरीमा रहेको जीर्ण काठे पुलबाट खसेर अछामको मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय रुपराज भाटको सोमबार बेलुकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पछिल्लोसमय टिकटक बनाउनेहरूका कारण उक्त पुल निकै भाइरल छ ।
सोमबार बेलुकी करिब पौने ६ बजेतिर पुलमा फोटो खिच्नेक्रममा खसेर घाइते भएका भाटको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
भाट फोटो खिच्नेक्रममा पुलबाट खसेको बताइएको छ ।