५ माघ, काठमाडौं । विद्यालयहरुमा कोभिड विरुद्धको खोप अभियान सञ्चालनका लागि सरकाले ४ दिन विद्यालय खोल्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा कोभिड–१९ को फैलावटलाई रोक्न र कोभिडविरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूबीचको बैठकले विद्यालय माघ १६ गतेदेखि २० गतेसम्म कोभिड विरुद्धको खोप लगाउने प्रयोजनका लागि खोल्ने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी हुन् ।
‘यही माघ १६ गतेदेखि २० गतेसम्म विद्यालयमा कोभिड विरुद्धको खोप लगाउने प्रयोजनका लागि खोल्ने निर्णय भएको छ । त्यो समयमा हामीले विद्यालयमा खोप अभियान चलाउने निर्णय गरेका छौँ,’ सहसचिव कोइरालाले भने, ‘हामीले निर्णय गरेका छौँ सम्बन्धितमन्त्रालयले सूचनाजारी गर्छन् र कार्यान्वयनमा जान्छ ।’
त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षादिनपाउने व्यवस्थागर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयहरूमा गर्नेछन् । त्यस्तै बैठकले हवाइजहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउन पर्ने व्यवस्था गर्न भनेको छ ।






