बी.ई र बी.आर्क कार्यक्रममा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग (सुचना सहित)
शिक्षाखबर डेस्क
१० माघ २०७८, सोमबार
no immg

१० माघ, काठमाडाैँ । इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक वर्ष २०७८/७९ का लागि स्नातक तहमा विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षाबारे सुचना जारी गरेको छ ।

संस्थानले सोमबार माघ १३ गतेदेखि २७ गते साँझ ५ बजेसम्म प्रवेश परीक्षाका लागि फाराम भर्न सकिने जानकारीका साथ सुचना प्रकाशन गरेको हो । उक्त सुचनामा बी.इ./ बी. आर्क. तहमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिइने उल्लेख गरिएको छ ।

उक्त परीक्षा भने कम्युटर माध्यमबाट फागुन ८ गते सञ्चालन गरिने पनि उल्लेख गरिएको छ ।

उक्त तहमा अध्ययन गर्न चाहनेहरूले प्रवेश परिक्षा दिन कक्षा ११ र १२ मा रसायनशास्त्र, भाैतिकशास्त्र तथा गणित विषय लिइ कम्तिमा C ग्रेड सहित पास गरेकाहरू योग्य हुने जानकारी दिइएको छ ।

इच्छुक विद्यार्थीहरूले संस्थानको वेभसाइट http://entrance.ioe.edu.np मा गइ अनलाइन फाराम भर्न सक्नेछन् ।

प्रतिक्रिया