केएमसी र नोबेलको सम्बन्धन खारेज गर्न ८ विद्यार्थी संगठनको माग
शिक्षाखबर डेस्क
११ माघ २०७८, मंगलवार
no immg

११ माघ, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज (केएमसी) र मोरङको नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेको छ ।

मंगलबार काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापालाई ज्ञापनपत्र बुझाउँदै आठ विद्यार्थी संगठनका नेताले यस्तो माग गरेका हुन् ।

आठ विद्यार्थी संगठनको संयुक्त विज्ञप्तिमा, ‘यो मेडिकल शिक्षाको सुधार र मेडिकल माफियाविरुद्धको आन्दोलन पनि भएकाले देशभरका मेडिकल विद्यार्थी, अभिभावक, पत्रकार नागरिक समाजलगायत सबैमा ऐक्यबद्धताका लागि अपिल गर्दछौँ ।’ भनि उल्लेख गरिएको छ ।

नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन वैद्यनिकट अखिल (क्रान्तिकारी)का हरिकृष्ण गजुरेल, विप्लव विद्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, अखिल छैटौँका देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईले विज्ञप्तिमा हस्ताक्षेर गरेका छन् ।

प्रतिक्रिया