१८ माघ, काठमाठाैँ । सरकारले शिक्षक अस्पताल चितवनमा बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि स्वीकृति दिएको हो ।
यसभन्दा अघि शिक्षक अस्पतालका लागि स्थान छनाैट गर्नका लागि गठित समितिले भरतपुरमा शिक्षक अस्पताल बनाउन उपयुक्त हुने सुझाव दिएको थियो ।
त्यस्तै, नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा डा शिलु मानन्धर नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयको स्रोतले जनाएको छ ।