कोरोना संक्रमण हुनेभन्दा कोरोना मुक्त हुनेको संख्या दोब्बर बढी
शिक्षाखबर डेस्क
१९ माघ २०७८, बुधबार
no immg

१९ माघ, काठमाडाैँ । बुधबार मुलुकभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४९९ पिसिआर र ५०८३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६३७ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार देशभर ७५५५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै