२० माघ, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयका परीक्षाहरू फागुन १ गतेदेखि हुने भएका छन् । कोरोना महामारीका कारण स्थगित परीक्षाहरू १ गतेदेखि सञ्चालन गर्नेगरी विश्वविद्यालयले तालिका प्रकाशन गरेको हो ।
बुधबार त्रिभुवन विश्वविद्यालयले फागुन महिनामा हुने परीक्षाहरूको तालिका प्रकाशन गरेको छ । बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय गरेर समय तालिका सार्वजनिक गरेको विश्वविद्यालयले जानकारी दिएको छ ।
यी हुन् फागुन महिनामा हुने त्रिविका परीक्षाहरू ।
फागुन १ गतेदेखि : वार्षिक प्रणालीअन्तर्गतको कानुन संकायतर्फ तीन वर्षे एलएलबी प्रथम वर्षको नियमित परीक्षा ।
फागुन २ गतेदेखि ः तीन वर्षे शिक्षा संकाय तथा मानविकी संकायका स्नातक तहको तेस्रो वर्षको नियमित, आंशिक तथा प्राइभेट परीक्षा ।
फागुन २ गतेदेखि : ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ स्नातक तह प्रथम वर्ष नियमितर्फको परीक्षा ।
फागुन ९ गतेदेखि : ४ वर्षे वीएफए चौथो वर्षको पूरा तथा आंशिक तर्फको परीक्षा ।
फागुन १३ गतेदेखि : शिक्षा संकाय तथा मानविकी तर्फको तीन वर्षे स्नातक तह तेस्रो वर्ष नियमित, आंशिक तथा प्राइभेटतर्फको परीक्षा ।
फागुन १३ गतेदेखि : ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षा संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको स्नातक तह प्रथम वर्ष नियमिततर्फको परीक्षा ।