देशभर १७१४ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु
शिक्षाखबर डेस्क
२२ माघ २०७८, शनिबार
no immg

२२ माघ, काठमाडाैँ । शनिबार मुलुकभर थप १ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२५५ पिसिआर र ३२८८ जनाको एन्टिजेन परीक्षण गर्दा १७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार देशभर ४७७१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया