२३ माघ, काठमाडाैँ । सिसिएमसीको बैठकले फागुन १ गतेदेखि विद्यालय भाैतिक उपस्थिति मै सञ्चालनका लागि सिफारिस गरेको छ ।
आज बसेको बैठकले सरकारलाई फागुन १ गतेदेखि विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन गर्न दिने सिफारिस गरेको हो ।
कोरोना भाइरसको तेश्रो लहर देखिएसँगै सरकारले पुस २७ गतेदेखि पहिलो चरणमा माघ १५ गतेसम्म र त्यसपछि माघ मसान्तसम्म विद्यालय बन्द नै राख्ने निर्णय गरेको थियो ।
सिसिएमसीले गरेको सिफारिसमाथि अब बस्ने मन्त्रिपरिषद्को बैठकले थप निर्णय गर्नेछ ।