२७ माघ, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले फागुन ६ गतेदेखि हुने परीक्षाहरू होम सेन्टरमा नहुने स्पष्ट पारेको छ ।
बुधबार एक सुचना जारी गर्दै सिटिइभिटीले कोरोना महामारीका कारण फागुन ६ गतेदेखि हुने परीक्षाहरू होम सेन्टरमा हुने भन्ने निराधार हल्ला मात्रै भएको स्पष्ट पारेको हो ।
कोरोना महामारीको तेश्रो संक्रमणका कारण स्थगित भएका सिटिइभिटी अन्तर्गतका परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने भनेर यसअघि सुचना प्रकाशित गरिएको थियो ।