१३ फागुन, काठमाडाैँ । कोभिड–१९ विरुद्धको खोेप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार आजसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा लगाएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ३८ हजार १५१ पहिलो मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ७२ लाख ३५ हजार ९३८ ले पूर्णमात्रा खोप लगाएका छन् । हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९३१ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । यस्तै मोरङ, झापा, सुनसरी, धनुषा, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र कैलालीमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।