देशभर १५५ जनामा कोरोना संक्रमण, थप २ जनाले गुमाए ज्यान
शिक्षाखबर डेस्क
१४ फाल्गुन २०७८, शनिबार
no immg

१४ फागुन, काठमाडाैँ । शनिबार मुलुकभर थप १५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२३९ पिसिआर र २९१३ जनाको एन्टिजेन परीक्षण गर्दा १५५ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार देशभर ५४० जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया